१ कार्तिक २०८३, शनिबार

‘नाकाबन्दी’ खोल्न तिनकुनेमा वार्ता जारी, सहमति हुने सम्भावना न्यून

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १५ कात्तिक । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच वार्ता जारी छ ।

काठमाडौंको तीन कुनेस्थित संघीय समाजदावी फोरम नेपालको केन्द्रीय कार्यालयमा जारी वार्तामा मधेसी मोर्चाले उठाएका मागका विषयमा छलफल हुनेछ । आजको बैठक सहमतिको नजिक पुग्ने सदस्यहरूले बताएका छन् ।

सरकारी पक्षले मधेसी मोर्चाका मागलाई राजनीतिक सहमति वा संघीय आयोगबाट टुङ्गो लगाउन प्रस्ताव गरे पनि मोर्चाले मानेको छैन ।

वार्तामा सरकारी पक्षले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको स्रोतको भनाइ छ ।

मधेसी मोर्चाले संघीय राज्यको सिमाङ्कनका विषयमा जोडदार रुपमा माग उठाउँदै आएको छ । मोर्चाले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र नागरिकताको विषयलाई पनि जोडदार रुपमा उठाउँदै आएको छ ।