काठमाडौं, १५ कात्तिक । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले अनौठो भविष्यवाणी गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको असफलतालाई केलाउँदै केजरीवालले मोदीसँगै बीजेपी पनि नराम्रोसँग असफल हुने दाबी गरेका हुन् । बिहारमा जारी निर्वाचनको सन्दर्भमा प्रतिक्रिया दिँदै केजरीवालले भने- ‘मेरो विश्लेषणमा मोदी नराम्रोसँग हार्छन्, नीतीश बहुमतका साथ जित्ने निश्चित छ ।’
नीतीशलाई समर्थन गर्दै केजरीवालले मोदीको आलोचना गरेका हुन् । उसो त केजरीवालले विकासका लागि समेत मोदीबाट सहयोग पाउन सकेका छैनन् । गत वर्षको निर्वाचनका बेला मोदीले केजरीवालमाथि आक्रमण गर्न लगाएको घटना पनि ताजै छ । तर, दिल्लीमा केजरीवालले मोदीलाई मनमर्जी गर्न दिएका छैनन् ।
यसैबीच निर्वाचन हार्ने देखिएपछि बीजेपीले चुनावी मैदानमा आफ्नो रणनीति परिवर्तन गरेको छ । पहिला पार्टी अध्यक्ष अमित शाह र नरेन्द्र मोदीको फोटो राखेर प्रचार गरिएको थियो भने अब स्थानीय नेताको मात्रै तस्वीर राखिएको छ । निर्वाचन पराजित हुँदा सबै दोष आफूमाथि लाग्ने देखिएपछि मोदी र अमितको फोटा हटाइएको विपक्षीले आरोप लगाएका छन् । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया