१ कार्तिक २०८३, शनिबार

ग्यास अभावले होटल बन्द हुने अवस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hotel-standard-roomपोखरा, १४ कात्तिक । भारतले लगाएको नाकाबन्दीबाट ग्यासको आपूर्ति हुन नसकेपछि पोखराका साना ठूला होटल बन्द हुने अवस्थामा पुगेका छन् ।

यहांँ रहेका झन्डै ५०० भन्दा बढी पाँच तारेदेखि साना होटल तथा रेस्टुराँमा एक महिनादेखि ग्यास अभाव भएर पर्यटकलाई चाहेको खानेकुरा पकाएर खान दिन नसकिएको पश्चिमाञ्चल होटल सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताउनुभयो ।

पोखरामा इन्धनको कालोबजारी बढेको छ । यहाँ रु ५०० मा प्रतिलिटर पेट्रोल बिक्री भइरहेको छ । प्रति सिलिण्डर ग्यासलाई रु सात हजारसम्म तिरेर किन्नु परेको छ । पोखरा विमानस्थलदेखि लेकसाइडसम्म ट्याक्सी चढ्दा रु ८०० सम्म तिर्नु पर्दा विदेशी पर्यटकमा नकारात्मक सन्देश गएको पहारीले बताउनुभयो ।

“इन्धनको आपूर्ति नभए केही दिनमा पोखराका सबै होटल बन्द गर्र्नु स्थिति आउँछ” उहाँले भन्नुभयो ।

पोखरा नगर रेष्टुरेन्ट तथा वार एसोसिएसनका अध्यक्ष केपी शर्माले आपूmले सञ्चालन गरेको दीपसागर होटल ग्यास सकिएपछि दाउराको प्रयोग गरेर चलाएको बताउनुभयो । ग्यास सञ्चित गरेर राख्न नपाएकाले एक महिना अघिदेखि नै आपूmले दाउरा प्रयोग गर्दै आएको र अहिले दाउरा महँगो भएपछि झन समस्या भएको उहांँले बताउनुभयो ।

ग्यास अभावले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । आफ्नो घर हुनेले त दाउराको प्रयोग गरेर खाना पकाएका छन् तर भाडामा बस्ने भने चिउरा, चाउचाउ खाएर दिन बिताउनु परेको छ । रासस