१ कार्तिक २०८३, शनिबार

इन्धन अभावले मुक्तिनाथ जाने दर्शनार्थीको संख्या घट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Muktinath– रबिना बोहरा
बागलुङ, १३ कात्तिक । नेपालमा इन्धनको हाहाकार हुँदा एवं मुस्ताङमा भारी हिमपात भएकाले मुक्तिनाथ दर्शनका लागी जाने दर्शनार्थीहरुको संख्या ८० प्रतिशतले कमी आएको छ ।

देशका विभिन्न ठाउँबाट र अन्य देशहरुबाट मुक्तिनाथ जाने दर्शनार्थीहरुको संख्यामा विगतका बर्षहरुमा भन्दा कमि आएको हो । मुस्ताङमा यस समयमा धेरै मानिसहरु भ्रमण जाने गरेता पनि इन्धनको चरम अभावका कारण पर्यटकहरुले र दर्शनार्थीहरुले योजना रद्ध गरेका छन् ।

दशैपछि दैनिक २ हजार ५ सय जना मुस्ताङ जाने गरेकोमा अहिले २० प्रतिशत मात्र जाने गरेको मुक्तिनाथ मन्दिर व्यवस्थपन समितिका सदस्य सचिव रबिन सुवेदीले बताउनुभयो । सिजनमा नै पर्यटक घट्दा मुस्ताङका होटल तथा यातायात व्यवसायीलाई घाटा भएको छ ।

सबैभन्दा बढी भारत एवं अन्य देशहरुबाट मुस्ताङ जाने पर्यटकहरु यस बर्ष नआएको होटल व्यवसायीहरुले बताएका छन् । दुई दिन देखि निरन्तर परेको हिउँका कारण पनि मुस्ताङमा घुमफिर गर्नका लागी जाने पर्यटकको संख्यामा कमी आएको स्थनीय गोकर्ण बिष्टले बताउनुभयो ।