१ कार्तिक २०८३, शनिबार

पेट्रोल लिन १२ नेपाली ट्याङकर केरुङ प्रस्थान, भारत हेरेको हेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankarकाठमाडौं, १३ कात्तिक । चीनले अनुदान सहयोगमा उपलब्ध गराएको पेट्रोल लिन नेपाली ट्याङकरहरू आज रसुवा जिल्लाको केरुङतर्फ प्रस्थान गरेका छन् ।

पहिलो चरणमा आज १२ वटा तेल बोक्ने ट्याङकरहरू त्यसतर्फ प्रस्थान गरेको नेपाल आयल निगमले जनाएको छ ।

तेल लिनका लागि भौगोलिक अवस्था र बाटोलाई ध्यानमा राखेर १२ हजार किलो किलो लिटर क्षमताका साना ट्याङकरहरू केरुङ पठाइएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएपछि चीनले नेपाललाई सहायता गरेको हो ।

पहिलो चरणमा नेपालले गरेको आग्रह बमोजिम चीनले पेट्रोल मात्रै दिन थालेको छ । रसुवाको केरुङ हुँदै आउने पेट्रोल सर्वसाधारणलाई वितरण गरिने छैन ।

यूरो– ४ मापदण्डमा आउने पेट्रोल उच्च गुणस्तरको हो । यो पेट्रोल अत्यावश्यक सेवाका लागि मात्रै उपलब्ध गराइने निगमले जनाएको छ ।