भैरहवा । पक्षघातको मुख्य कारण धुम्रपान र मध्यपान भएको एक कार्यक्रमका विज्ञहरुले बताएका छन् ।
विश्व पक्षपात दिवसको अवसरमा विहीवार भैरहवामा न्यूरो एण्ड अलाईड क्लिनीकद्वारा आयोजित पेन्टिंग इक्सीबीसनलाई सम्बोधन गर्दै न्यूरोलोजीस्ट, कार्डीयोलोजिस्टहरुले अस्वाभाविक खानपीनकै कारण पक्षपातका रोगीहरु बढेको जनाएका छन् ।
कार्यक्रममका चिकित्सकहरुले पक्षपातबाट बच्न नियमित व्यायम गर्न पनि सुझाएका छन् । उनीहरुले मध्यपान र धुम्रपानको कारण अधिकांश व्यक्तिहरु पक्षघातबाट ग्रस्त भएको बताए । चिकित्सकहरुले माछा मासु, मसलेदार खानेकुरा बढी खाने, नुन बढी खानेहरुलाई पक्षघात हुने पनि तर्क गरे । उनीहरुले पक्षघातबाट बच्न नुनीलो पदार्थ कम खानुपर्नेमा जोड दिएका छन् । चिकित्सकहरुले दैनिक बढीमा ६ ग्राम भन्दा बढी नुन खान नहुने बताएका छन् । पापड, अचार, चट्नी, दालमोट जस्ता नुनिलो पदार्थ सकेसम्म नखान पनि चिकीत्सकले सुझाएका छन् ।
चिकीत्सकहरुले जिब्रोलाई जत्ति धेरै स्वादीलो लाग्ने खानेकुरा खाइन्छ त्यति नै धेरै रोग शरीर भित्र भित्रीने पनि बताएका छन् । जीम गर्ने हृष्ट पुष्ठहरु पनि एकाएक पक्षघातको शिकार भएको तर्क गर्दै उनीहरुले खानपीन, आरम र मनोरन्जनलाई विशेष समयतालिका बनाएर व्यवस्थापन गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
चिकीत्सकहरुले व्यस्त जीवनशैली पनि पछिल्लो समय रोगको प्रमुख कारक बनेको बताएका छन् । चिकीत्सकहरुले भनेका छन् “व्यस्त जीवनशैलीको कारण मानिसहरु समयमा खानपीन, आराम र मनोरन्जन लिन पाउदैंनन् । धेरै जंकफुड र बाहिर पाकेका खानेकुरा खान्छन् जसले सेकेन्ड सेकेन्डमा रोग निम्ताईरहेको छ ।” लुम्बिनी क्षेत्रमै पहिलोपटक भैरहवामा भएको उक्त कार्यक्रममा पक्षघातका रोगीहरु, स्थानिय नागरिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु उपस्थित भई पक्षघात रोगको बारेमा जानकारी लिएका थिए ।
न्यूरो एण्ड अलाईड क्लिनीकका जनसम्पर्क अधिकारी विनोद खरेलको सञ्चालन तथा सामाजिक सेवा चीफ अफीसर आसीन गुरुंगको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा चिकीत्सकहरु मुटुरोग विशषज्ञद्वय डा. समीर गौतम र डा. सन्तोष शाह तथा न्यूरोलोजीस्ट डा. सन्तोष भट्टराई लगायतले पक्षघात किन हुन्छ र त्यसको रोकथामको उपाय के हो भन्ने बारेमा स्पष्ट पारेको स्वयंसेवी राजकुमार गुप्ताले जनाएका छन् ।













प्रतिक्रिया