२९ आश्विन २०८३, बिहिबार

तेलसँंग स्वाभिमान साट्नु हुन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Iswor-saudनेपाल एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकहरुको बसोबास गर्ने, भूपरिवेष्ठित थलो हो । थोरै जनसंख्या भएको सानो राष्ट्र हो । भौगोलिक विविधताले भरीपूर्ण, प्रकृतिको धनी यो राष्ट्रमा पटक–पटक साम्राज्यवाद र विस्तारवादका गिद्धे नजर परिरहेका छन् । तिनै गिद्धे नजरका कारण विभिन्न सन्धि सम्झौता गर्दै नेपालले आफ्नो भूमीको ठूलो हिस्सा गुमाउनु परेको तितो यथार्थ हामी सामु विद्यमान छ ।

परापूर्व कालदेखि नै विर गोरखालीहरुको यो सुन्दर भूमीमाथि यो या, त्यो बहानामा आक्रमण भईरहयो, नेपाली नागरिहरुको त्यसको सिकार भईरहे । नेपालको पूर्वदेखि पश्चिम क्षेत्रको धेरै भूभाग गुमाई सकेको अवस्था छ । पूर्वमा टिष्टा र पश्चिमको कागडासम्मको सीमाना हामीले गुमाइसकेका छौ । अहिले हाम्रो सामु पूर्वमा मेची र पश्चिममा कालीसम्मको सीमाना मात्र रहेको छ । त्यसमा पनि भारतीय विस्तारवादले आँखा गाढीरहेको छ ।

भारतले हामीलाई लडाई रहनेछ, आफूले नेपालबाट फाईदा लिईरहने छ, जसरी अहिले लगिरहेको छ । यो नाकाबन्दी भारतले होईन नेपालले गर्नुपर्छ । पेट्रोलियम पदार्थको अभाव हटाउनको लागि चाँडै नै अन्य देशबाट भएपनि आयात गर्नुपर्छ ।

कहिले नाकाबन्दीको बहानामा त कहिले विभिन्न किसिमका योजनाहरुको निर्माणको बहानामा भारतले नेपाललाई हेपिरहेको हुन्छ । एक महिना अगाडिदेखि नेपालमा भारतले लगाएको नाकाबन्दीले नेपालमा समस्या उत्पन्न भईरहेको छ । तर नेपालका नेताहरु कानमा तेल हालेर सुतिरहेका छन् । हुन त सुतेको मानिसलाई ब्यूझाउन सजिलो हुन्छ तर सुतेको भेष गर्नेलाई ब्यूझाउन सकिदैन भन्छन् त्यस्तै पो भाको होकी यी नेपालका नेताहरुलाई पनि ।

नाकाबन्दी गरेको यति लामो समय भईसक्यो तर के गर्ने न गर्ने भन्दै हाम्रो देशको सरकार अझै अलमलमा छ । के भारतले नाकाबन्दी गर्यो भन्दैमा हामीले अरु देशबाट हामीलाई चाहिने वस्तुहरु निर्यात गर्न सक्दैनौ ? के त्यसको लागि भारतको मात्र मुख ताकिरहनु पर्छ ? के सामान आयात गर्दा अरु देशले रुपैयाँ लिन्छन् भारतले त्यसै दिने हो ? अझैपनि भन्छन् नेताहरुले भारतले के भन्छन् हेरौ अनि अरु विकल्प खोज्नुपर्छ । यो पारा हो भने हामी सधैभरी भारतका गुलाम भईरहनेछौ । हाम्रो देशको प्रगति शुन्य हुँदै जानेछ ।

भारतले हामीलाई लडाई रहनेछ, आफूले नेपालबाट फाईदा लिईरहने छ, जसरी अहिले लगिरहेको छ । यो नाकाबन्दी भारतले होईन नेपालले गर्नुपर्छ । पेट्रोलियम पदार्थको अभाव हटाउनको लागि चाँडै नै अन्य देशबाट भएपनि आयात गर्नुपर्छ । भारतबाट ल्याए सस्तो पर्छ अन्य देशबाट ल्याए महंगो पर्छ भन्ने कुराहरु पनि सुनिएको छ । सस्तो महंगो भन्दै नेपालको स्वाभिमान तेलसंग साट्न नहुने नेपाली नागरिकहरुको भनाई छ ।

उनीहरु भन्छन् एक लिटर पेट्रालेको एक सय रुपैयाको सट्टा दुई सय रुपैयाँ तिरेर हामी गाडी चढ्छौ तर नेपालको स्वाभिमान तेलसंग साट्न हुन्न । भारतले नाकाबन्दी गरेर तेल दिएन भने फेरि पनि त्यसकै शरणमा गएर पाउ लाग्नु राम्रो होईन । जसरी यसअघिको नेपालको नेतृत्वले गरेको थियो । अब हामी नेपालीले आत्मनिर्भर हुन सिक्नुपर्छ । नेपालमा सबै चिज फल्छ । तर हाम्रो जागर र हाम्रो सरकारको ठोस नीति तथा आत्म विश्वास नभएका कारण अहिले नेपाली नागरिकहरुले यस्तो सास्ति खेपीरहनु परेहको छ ।

२०४५ सालमा पनि नेपालमाथि भारतले १३ महिने नाकाबन्दी गरेको थियो । त्यतिबेला नेपालका केही ठाउँका नागरिकहरुले आत्मनिर्भर बन्नुपर्छ भनेर काम पनि गरेका उदाहरणहरु छन् । मैले सुनेको त्यही २०४५ सालको नाकाबन्दीपछि डडेल्धुरा जिल्ला तरकारीमा आत्मनिर्भर बनेको हो रे । तर नेपालका उच्च नेतृत्वमा रहेका राजनीतिक दल र ति दलका नेताहरुले कहिले पनि सोचेन आफ्नो देशका नागरिकहरुलाई आत्मनिर्भर बनाउन सिकाउनुपर्छ, त्यसका लागि केही योजना बनाउनुपर्छ । केवल उनीहरुले सोचिरहे हामीलाई भारत भए पुगिहाल्छ अरु के चाहिने होर पैसा तिरे सामान दिईहाल्छ भन्दै राज्यको ढुकुटी सिद्धाउन पल्टी लागे ।

अब नेपालका राजनीतिक दल र तिनका नेताहरुले नेपाली नागरिकहरुलाई आत्मनिर्भरको बाटो तिर डोर्याउनुपर्छ । दैनिक हजारौ संख्यामा विदेशिने युवा जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । खाडीका मुलुकमा बग्ने पसीना अब नेपाली माटोमा बगाउने बातावरण बनाउनुपर्छ । यसले नेपाली नागरिकहरुलाई आत्मनिर्भर बनाउन मद्दत पुग्छ भने राज्यलाई पनि फाईदा हुन्छ । नेपाली नागरिकका लागि रोजगारीहरुको सिर्जना गरिएको खण्डमा धन घरै धर्म घरै भने झै बेरोजगार नेपालीहरुले काम पनि पाउछन् र देशको पनि विकासमा टेवा पुग्छ ।

यसको लागि सरकारले अब नेपालको वार्षिक रुपमा आउने बजेटलाई टुक्रा टुक्रा नपारेर कुनै एउटा योजनामा मात्र लगाउनु पर्छ ? जहाँ लगानी गरे नेपाल र नेपाली नागरिकको हित हुन्छ । त्यसको लागि पहिलो पटक विद्युतमा लगानी गर्नुपर्छ । हाम्रो देश नेपाल विश्वको दोस्रो जलस्रोतको धनी देश विडम्बना नेपाली नागरीकहरु अझै अध्यारोमा बस्न बाध्य छन् । जलविद्युतको अभावमा कलकारखानाहरु सञ्चालन हुन सकिरहेका छैनन् । पर्याप्त मात्रमा विद्युत भएको खण्डमा बाहिरी देशबाट ल्याउनुपर्ने ईन्धन पनि धेरै मात्रामा ल्याउनु पर्दैन् । किनकी इन्धनबाट हुने केही कामहरु पनि विद्युतबाट गर्न सकिन्छन् । त्यसकारण पहिलो प्राथमिकता राखेर अब नेपालले विद्युतमा लगानी गर्नुपर्छ । यो नेपाल नेपाली नागरिकका लागि हितकारी हुन्छ ।

त्यसपछि नेपालले कृषिमा लगानी गर्नुपर्छ । नेपाल कृषि प्रधान देश भएकाले पनि कृषिमा लगानी गर्न जरुरी छ । यहाँका अधिकांश मानिसहरु कृषि पेसाबाट आफ्नो जीवन निर्वाह गरिरहेका छन् । त्यसकारण पनि कृषिमा लगानी गरेर आधुनिकिकरणतर्फ कृषि पेसालाई लैजानुपर्छ । नेपालका नागरिकहरुलाई खान पुग्ने अन्न फल्ने जमिन हामीसंग प्रशस्त मात्रामा छ । सरकारले नीति ल्याए नागरिकहरुले जागर चलाए हामी कदापी भोको मर्दैनौ । यसमा नेपाली नागरिकहरुको आत्मविश्वास छ । नेपालको अस्थिर राजनीतिक अवस्थाले गर्दा नेपाली युवाहरु विदेश पलायन भएका हुन् । नभए देशमै रोजगारीको सिर्जना गर्ने हो भने विश्वका विभिन्न मुलुकमा पसिना बगाउन बाध्य युवा शक्ति आफ्ने देशको नेपाली माटोमा पसिना बगाउनेछ, उर्भर शक्तिले पसिना बगाएपछि उत्पादनमा वृद्धी हुनेछ, हामी नेपालीलाई आत्मनिर्भर हुन सहयोग यसैले गर्नेछ ।

अहिले छिमेकी देशको हेपाहा प्रवृति प्रति नेपाली नागरिक सजक भएका छन् । आफ्नो देश आफैले बनाउनुपर्छ भन्ने भावना नागरिकहरुमा पलाएको छ । यस विषयमा ठोस सरकारी नितिको आवश्यकता छ । जागरुक नागरिकको भावनालाई मध्यनजर गर्दै यदी राज्य अगाडी बढ्ने हो भने नेपाली नागरिकहरुको पूर्ण साथ रहनेछ ।

नेपालमा पेट्रोलियम पदार्थको सम्भावना पनि धेरै ठाउँमा छ । दैलेख जिल्ला विभिन्न स्थानमा परापूर्व कालदेखि ज्वालाहरु वलिरहेको छ । यो ज्वाला बल्नु भनेको पनि त्यहाँ कुनै प्रकारको पेट्रोलियम पदार्थ छ भन्ने संकेत हो । यो त एउटा उदाहरण मात्र हो त्यस्ता ठाउँ त नेपालमा धेरै छन् । यस्ता विषयमा पनि अवको सरकारले साच्न जरुरी छ । यदी हाम्रो देश नेपालमा केही मात्रामा भएपनि पेट्रालीयम पदार्थको उत्खनन् हुने हो भने हामी नेपालीहरुलाई निकै राहत हुनेछ । त्यो पेट्रोलिय पदार्थ खरीदमा खर्च हुने रकम अन्य स्थानमा खर्च गरेर देशको विकासलाई अगाडी बढाउन सकिनेछ ।

यदी नेपाल सरकारले नेपालको विकास चाहने हो भने यस्ता विषयमा सरकारले ध्यान दिएर योजना बनाई तत्काल कार्यन्वन गर्न जरुरी छ । नभए अर्काको गुलाम् बनिरहने हो भने नेपाली नागरिकको तर्फबाट मेरो भन्नु केही छैन ।

(साउद सामुदायिक रेडियो टीकापुर एफएम कैलालीमा कार्यरत छन् ।)