३० आश्विन २०८३, शुक्रबार

अन्तर्राष्ट्रिय वार्तामा सहभागी भएसँगै इरान र अमेरिकाको दुश्मनी सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US vs Iran_2तेहरान (इरान), १२ कात्तिक । सिरियाको भविष्यका बारेमा भियनामा हुने अन्तर्राष्ट्रिय वार्तामा इरानले सहभागिता जनाउने बुधबार जनाएको छ ।

अमेरिकाले यदि इरान सिरियामा जारी चार–वर्ष लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरे लामो समयदेखिको इरानसँगको शुत्रतापूर्ण गतिविधि रोक्ने घोषणा गरी वार्तामा सहभागी हुन आग्रह गरेपछि इरान यसैहप्ता भियनामा सिरियाको गृहयुद्ध र भविष्यका विषयमा हुने छलफलमा सहभागिता जनाउने भएको हो ।

इरान सिरियाली राष्ट्रपति बसार अल असादको प्रमुख सहयोगी रहेको छ । इरानद्वारा असादलाई राजनीतिक तथा सैनिक सहयोग पु¥याउँदै आएको छ ।

तेहरानले आफ्ना सैन्य अधिकारीलाई सिरियाको भूमिमा पठाएको र असादको समूहलाई सैन्य तथा राजनीतिक परामर्श दिँदै आएको छ । तर तेहरानले कुनै लडाकू दस्ता सिरियामा नपठाएको बताउँदै आएको छ ।

भियनामा हुने अन्तर्राष्ट्रिय वार्तामा इरानलगायत बेलायत, रसिया, फ्रान्स, जर्मनी, जोर्डन र युनाइटेड अरब इमिरेट्स तथा इजिप्टले सहभागिता जनाउने छन् । रासस/एपी