३० आश्विन २०८३, शुक्रबार

नेपालले तोड्यो भारतको एकाधिकार, चीनबाट तेल र ग्यास ल्याउने औपचारिक सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-chinaकाठमाडौं, ११ कात्तिक । भारतको अघोषित नाकाबन्दीबीच नेपालले छिमेकी देश चीनसँग इन्धन व्यापार सम्झौता गरेको छ ।

नेपालमा भारतीय एकाधिकार तोड्दै बुधबार नेपाली अधिकारीहरुले चीनको राजधानी बेइजिङमा चिनियाँ अधिकारीसँग छलफल गरी इन्धन खरिद गरेर नेपाल भित्र्याउने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गरेको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

चीनका लागि नेपाली राजदूत महेश मास्केले बेइजिङमा रहेको नेपाली टोलीले चिनियाँ सरकारी टोलीसँग इन्धन आपूर्तिका लागि दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिनुभयो ।

सम्झौता अनुसार चीनले नेपाललाई सहुलियत मूल्यमा पेट्रोल, डिजेल र अन्य इन्धनका सामग्री उपलब्ध गराउने उल्लेख गरिएको छ । यसअघि नेपालमा भारतले मात्रै इन्धन आपूर्ति गर्दै आएको थियो । आजको सम्झौतासँगै अब नेपालमा भारतको एकाधिकार तोडिएको हो ।

यस्तो छ नेपाल र चीनबीच भएको इन्धन आपूर्ति सम्झौताः

Nepal-China-petrol-Agriment