काठमाडौं, ११ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३२७ मत प्राप्त गर्दै भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका पूर्व महामन्त्री कुल बहादुर गुरुङले २१४ मत मात्रै ल्याउनुभयो । केहीबेरमा संसदले मत परिणात घोषणा गर्नेछ ।
















प्रतिक्रिया