३० आश्विन २०८३, शुक्रबार

भूकम्पपछि पाकिस्तानमा अर्काे विपत्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagइस्लामाबाद, १० कात्तिक । सोमबार दिउँसो गएको भूकम्पको विपत्तिमा फसेको पाकिस्तानमा अर्काे विपत्ति आइलागेको छ ।

भूकम्प गएको दोस्रो मङ्गलबार बिहान सबेरै अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा भएको भीषण गोलाबारीमा परी सात पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

दक्षिणी वजिरिस्तानमा रहेको एक जाँच चौकीमा रहेका सैनिकमाथि अफगान सेनाले आफ्नो तर्फको सिमानाबाट अकस्मात गोली चलाएको थियो ।

सो आक्रणमा परी सात पािकस्तानी सैनिकको मृत्यु भएको सैनिक स्रोतले जानकारी दिएको छ । सेनाद्वारा प्रकाशित विज्ञप्तिमा सात सैनिक मारिएको बताइएको छ ।

अफगानिस्तानातर्फ भएको यो गोली प्रहार आतङ्ककारीले गरेका हुन् या सुरक्षाबलले भन्ने बारेमा भने प्रष्ट भएको छैन । रासस/एएफपी