३० आश्विन २०८३, शुक्रबार

युक्रेनको निर्णयमा रसियाको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ukraine-vs-Russiaमस्को, ९ कात्तिक । रसियाली प्रधानमन्त्री दिमीत्री मेदभेदेभले युक्रेनले रसियाली उडानप्रति लगाएको प्रतिबन्धको विरोध गर्नुभएको छ ।
प्रधानमन्त्री मेदभेदेभले युक्रेनको यस्तो कार्यले रसियालाई नभई युक्रेनलाई नै बढी बेफाइदा भएको प्रतिक्रिया पनि दिनुभएको छ ।

युक्रेनले हालैका दिनमा रसियाप्रति बढ्दै गएको आक्रोसस्वरुप युक्रेनी आकासमा रसियाली विमानको उडानमाथि प्रतिबन्ध लगाएको घोषणा हालै गरेको थियो ।

प्रधानमन्त्री मेदभेदेभले आफ्नो फेसबुक अकाउन्टमा लेख्नुभएको छ– युक्रेनले आफ्नै नागरिकप्रति गरेको यो अर्काे संघर्षको कथा हो ।
युक्रेनले यही अक्टोबर २५ तारिखदेखि आफ्नो आकासमा उड्न रसियाली विमानलाई प्रतिबन्धित गरेको छ ।

गएको सेप्टेम्बर २५ मा नै एक सूचना प्रकाशित गरी युक्रेनी सरकारले अक्टोबर २५ तारिखदेखि नै सो उडानमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । युक्रेनको क्रिमिया क्षेत्र रसियामा बिलय भएपछि यी दुई देशबीको सम्बन्धमा दरार उत्पन्न भएको छ ।

हाल पनि युक्रेनको पूर्वी क्षेत्रका नागरिकले रसियामा विलय हुन पाउनुपर्ने अधिकारको मागगर्दै सशस्त्र विद्रोह गरिरहेका छन् । युक्रेनले सो आन्दोलनमा रसियाको समर्थन रहेको बताउदै आएको छ । तर सो आरोपको रसियाले भने विरोध जनाउदै आएको छ । रासस/सिन्ह्वा