पटना, ७ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कतिसम्म आफ्ना विपक्षीविरुद्ध क्रुर छन् भन्ने उदाहरण उनको पछिल्लो गतिविधिले देखाएको छ ।
भारतको विहार राज्यमा चलिरहेको विधानसभा चुनावलाई आफ्नो पक्षमा प्रयोग गर्न मोदीले आफ्ना सूक्ष्म, लघु एवम् मध्यम उद्यम केन्द्रीय राज्यमन्त्री गिरिराज सिंहमार्फत एउटा भिडियो सार्वजनिक गर्न लगाइ आफ्नो कर्तुत देखाएका हुन् ।
नेपालमा मधेसी नेताहरूले उठाएको नागरिकता र सिमाङ्कनको माग पूरा नभएसम्म विहारको चुनावमा आफ्नो भारतीय जनता पार्टीलाई प्रभावित पर्ने भन्दै मोदीले नेपालविरुद्धको नाकाबन्दी खोल्न मानिरहेका छैनन् । उनले नेपाली पक्षसँग पनि विहारको चुनाव र त्यहाँका जनतालाई जिकिर गर्ने गरेका छन् ।
नेपालसँग सीमा जोडिएको विहारको राजनीति र नेपालको तराई क्षेत्रको सम्बन्ध लामो समयदेखि जोडिएको छ । यतिसम्म की नेपाल र भारतबीच ‘रोटीबेटी’को समबन्ध रहेको भन्ने गरिन्छ ।

विहारका कामचलाउ मुख्यमन्त्री नीतीश कुमारले एक तान्त्रिकसँग गरेको सम्वाद र भेटवार्तालाई अहिले आएर भिडियोमार्फत मोदीले सार्वजनिक गर्न लगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मोदीद्वारा सार्वजनिक गर्न लगाइएको र उनका केन्द्रीय राज्यमन्त्री गिरिराज सिंहले आफ्नो ट्वीटर ह्यान्डलमार्फत सार्वजनिक गरिएको नीतीशविरुद्धको भिडियोमा लालुप्रसाद यादवविरुद्ध नारावाजी गरिएको छ ।
स्मरण रहोस् विहारको विधानसभा चुनावमा लालु र नीतीश कुमारले गठबन्धन गरेर चुनाव लडिरहेका छन् ।
उनीहरूको गठबन्धन बलियो भएको पाएपछि मोदीले विहारमा आफ्नो दल भारतीय जनता पार्टीलाई विजयी बनाउन हरप्रकारको कार्य गर्ने गरेको भारतीय सञ्चारमाध्यमहरूले आफ्नो समाचारमा जनाएका छन् ।
मोदीले आफ्ना केन्द्रीय राज्यमन्त्रीमार्फत सार्वजनिक गर्न लगाइएको भिडियो प्रमाणिकताका विषयमा केही भनिएको छैन ।
यद्यपि यो भिडियो अघिल्लो वर्षको लोकसभा चुनाव पछिको रहेको खुलेको छ । जब की नीतीश कुमारले त्यतिखेर मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका थिए । – एजेन्सी
(भिडियो हेर्न तल क्लिक गर्नुस्)















प्रतिक्रिया