३० आश्विन २०८३, शुक्रबार

हवाई आक्रमणमा ४७ आतङ्ककारी मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

5लसकार गाह (अफगानिस्तान) ७ कात्तिक । हेलमान्ड प्रान्तको प्रान्तीय राजधानी लसकार गाहमा अफगान सेनाको हेलिकोप्टरद्वारा गरिएको एक हवाई आक्रमणमा करिव ४७ जना तालिवान आतङ्ककारी मारिएको समाचार छ । सेनाको एक स्रोतले सो जानकारी दिएको छ ।

लासकार गाहको बाहिरी इलाकामा पर्ने बाबा जि क्षेत्रको लोया हदेरा खोदरहिम र चर्बाघ इलाकामा आतङ्ककारी लुकेर बसेका इलाकालाई लक्ष्यगरी सो हवाई आक्रमण गरिएको जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट करिब ५५५ किलोमिटर दक्षिणमा पर्ने लासकार गाहको बाहिरी इलाकाको बाबा जि क्षेत्रका कब्जा गर्नको लागि आतङ्ककारीहरुले करिब एक हप्तायतादेखि भीषण आक्रमण गर्दै आएका थिए हेलमान्ड प्रान्तमा तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको छ ।

सेनाद्वारा जारी हवाई आक्रमणमा ४७ जना आतङ्ककारी मारिएपछि तालिवान आतङ्ककारीहरुले यस विषयमा केही टिप्पणी गरेका छैनन् । – सिन्ह्वा