३० आश्विन २०८३, शुक्रबार

मोदीविरुद्ध लन्डनमा पनि विरोध प्रदर्शन, हिंसात्मक झडप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sikhलन्डन, ७ कात्तिक । भारतको पञ्जाब राज्यमा सिखविरुद्ध पुलिसले दमन गरेको विरोधमा लन्डनमा बसोबास गर्ने भारतीय मुलका नागरिकहरूले विरोध प्रदर्शन गरेका छन् ।

भारतीय उच्चायोगको बाहिर सिख प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् । प्रदर्शन हिंसात्मक भएपछि ब्रिटिश पुलिसले २० प्रदर्शनकारीलाई गिरफ्तार गरेको समाचारमा जनाइएको छ ।

हिंसत्मक प्रदर्शनमा एक पुलिसकर्मी घायल भएका छन् । पञ्जाबमा सिखमाथि पुलिसले बर्बरताका साथ दमन गरेको जनाइएको छ । ‘सिख लाइव्ज मैटर’ नामक संगठनको समर्थनमा सयौँ प्रदर्शनकारी बिहीबार लन्डनमा जम्मा भएका थिए ।

प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिखहरूलाई दमन हुँदा पनि कुनै कदम नउठाएको भन्दै मोदीविरुद्ध समेत नारावाजी गरेका थिए ।

सुरुमा भारतीय प्रदर्शनकारीले लन्डनमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका थिए । तर पछि प्रदर्शन हिंसात्मक भएपछि पुलिसले मध्यलन्डनस्थित भारतीय उच्चायोगको आसपास क्षेत्रमा घेराबन्दी गरेको थियो ।

लन्डन पुलिसले भारतीय उच्चायोगको बाहिर ‘नियोजित प्रदर्शन’को जानकारी आफूले पाएको जनाएको छ । भारतीयले लन्डनमा बाटो अबरुद्ध गरेर प्रदर्शन गरेपछि पुलिसले हस्तक्षेप गरेको थियो । – एजेन्सी