३० आश्विन २०८३, शुक्रबार

झापा ११ का कप्तान प्रवेश कटुवालको लक्ष्य यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12170160_10207380025916131_82700833_nलक्ष्मी काफ्ले/झापा

राष्ट्रिय लिगमा चौथो स्थानमा चित्त बुझाएर झापा ११ का खेलाडी घर फर्किसकेका छन् । रेफ्रिको गलत निर्णयका कारण चौथो स्थानमा सीमित हुनुपरेको टोलीको विष्लेषण छ । घरेलु मैदानमा उत्कृष्ट खेल देखाउँदै आएको झापाले ‘अवे’ मा सोचेअनुरुप खेल्न सकेन । यद्दपि झापाली टोलीले आफ्ना समर्थकलाई निराश चाहिँ पारेन ।

एकातिर राष्ट्रिय टोलीका कप्तानसहित अन्य खेलाडीहरु ‘म्याच फिक्सिङ’को आरोपमा पक्राउ परेर आलोचित भइरहेका बेला झापा ११ ले भने आशलाग्दो खेल प्रस्तुत गरेर प्रशंसा बटुल्न सफल भयो ।

‘कुल क्याप्टेन’का रुपमा चिनिन्छन् झापा ११ का कप्तान प्रवेश कटुवाल । कप्तान प्रवेश जस्तोसुकै अवस्थामा पनि आफ्नो टोलीलाई उत्साह दिन सक्ने क्षमताका छन् । पूराना एवम् अनुभवी प्रवेशकै कप्तानीमा गत वर्ष झापा ११ ले एन्फा कपको उपाधि उचालेको थियो ।

Prabeshराष्ट्रिय टोलीका कप्तान सागर थापा म्याच फिक्सिङको आरोपमा पक्राउ परेसँगै अब राष्ट्रिय टोलीमा को कप्तान बन्ला भन्ने बारेमा चर्चा सुरु भइसकेको छ । भद्र र अनुभवी प्रवेशले राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने चर्चा पनि कम छैन । तर, प्रवेशको लक्ष्य बेग्लै छ ।  कुनै बेला राष्ट्रिय टोलीमा अटाएका प्रवेशले खेल्ने धेरै चान्स पाएनन् । पछि उनलाई फेरि बोलाईयो । तर प्रवेश गएनन् । एकदेखि डेढवर्ष भित्रैमा उनले नेशनल टिम छोडे ।

‘जाँदिनँ म अब, अब त उमेर ले पनि साथ दिँदैन,’ उनी भन्छन्, ‘अरु खास कारणले त होईन, अहिले आउने भाईहरुको धेरै राम्रो छ । मेरो त अब फिटनेशले नै भ्याउँदैन ।’ प्रवेशका अनुसार अहिले उनी दिमागले गेम खेल्दैछन् । ‘पहिले पो दिमाग र फिटनेश दुईटै थियो, तर अहिले त फिटनेशकै कारण म त्यति सक्दिनँ त्यसैले दिमागले खेल्छु’, भन्छन, ‘केटाहरुलाई अह्राउँछु, एउटा गाईडनेशको रुपमा मात्रै म अहिले खेलिरहेको छु ।’

प्रवेशले राष्ट्रिय टीममा नफर्कने स्पस्ट पारेका छन् । सम्भवतः यो वर्षदेखि नै प्रवेश मैदानबाट बाहिरिँदैछन् । तर, नयाँ रुपमा फुटबलमै चिनिने उनको लक्ष्य छ । उनले कोचको ‘सी लाईसेन्स’ पनि गरेका छन् । ‘म अब कोचिङतिर लाग्नेछु सायद,’ उनले भने ।

12167189_10207380026476145_146445855_n