११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओली गृह जिल्लामा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K-P-Oliभद्रपुर, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो गृह जिल्ला झापामा व्यस्त हुनुहुन्छ । आज बिहान यहाँ आउनु भएका उहाँले गरामनीस्थित सहीद स्मारकको अनावरण गर्नुभयो ।

नेकपा (एमाले)का अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीले झापा र इलामको सीमानामा पर्ने सुखानीमा अवस्थित सहीद स्मृति पार्कमा सहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलिसहित माल्यार्पण गर्नुभयो ।

प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले) झापा जिल्ला कार्य समिति र स्थानीय ३१ वटा सङ्घसंस्थाद्वारा आजै अपराह्न विर्तामोडस्थित उग्रसेन भवनमा आयोजना हुने विशेष कार्यक्रममा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । रासस