३० आश्विन २०८३, शुक्रबार

विश्व क्रिकेट लिगका लागि खेलाडीको छनौट, को-को परे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket-team

काठमाडौँ, ३ कात्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसिसी विश्व क्रिकेट लिग खेल्नका लागि २० खेलाडी सम्मिलित राष्ट्रिय टोलीको प्रारम्भिक छनोट गरेको छ ।

आगामी नोभेम्बरमा युएइमा पपुवान्युगिनीसँग हुने खेलका लागि हालै राजधानीमा सम्पन्न छनोट प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनबाट पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, वसन्त रेग्मी, सोमपाल कामी, अनिल मण्डल, सुवास खकुरेल, राजेश पुलामी मगर, पृथु बास्कोटा, सागर पुन, करण केसी, दिलीप नाथ, मेहबुब आलम, यज्ञमान कुमाल, इर्साद अहमद, महेश क्षेत्री, नरेश बुढा ऐर, सन्दीप लामिछाने र विक्रम सोब छन् ।

ती खेलाडीमध्येबाट १४ सदस्यीय राष्ट्रिय टोली र चार वैकल्पिक खेलाडी पुनः छनोट गरिने क्यानले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस