३० आश्विन २०८३, शुक्रबार

यू-१९ विश्वकप छनोट क्रिकेट : अमेरिकामाथि नेपालको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-19-cricketकाठमाडौं, २ कात्तिक । यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकामाथि शानदार जित हात पारेको छ । वर्षाका कारण प्रभावित खेलमा डीएल मेथडका आधारमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाको किनरारा ओभरमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले ३५ ओभरमा ७ विकेट गुमाएर ८० रन बनाएको थियो । त्यसपछि वर्षाले अवरुद्ध खेललाई ४८ ओभरमा झार्दा अमेरिकाले सबै विकेट गुमाएर १०९ रन जोड्यो ।

डीलए मेथडका आधारमा नेपालले ४८ ओभरमा १०९ रनको लक्ष्य पाएको थियो । जून योगेन्द्र सिंह कार्कीको अर्धशतकको मद्दतमा नेपालले मात्र १७.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि शौरभ खनाल १६ र योेगेन्द्र ५३ रनमा अविजित रहे । सुनिल धमलाले १७ । शंकर रानाले २० रन बनाए । दिपेन्द्र सिंह ऐरी मात्र ५ र कप्तान राजु रिजाल ६ रनमा आउट भए । आजको जितसँगै विश्वकप छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । यो सँगै नेपालले विश्वकपमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।