३० आश्विन २०८३, शुक्रबार

ज्ञानेन्द्रको टोली च्याम्पियन, पारस आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra_Mallaकाठमाडौं, २ कात्तिक । विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि टोली छनोट गर्न आयोजित सुपर लिग क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको नेपाल ‘बी’ ले लगातार दोस्रो जितसँगै उपाधि पक्का गरेको छ ।

राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्रले सतक प्रहार गरेपछि ‘बी’ ले नेपाल ‘ए’ माथि ७ रनको जित हासिल ग¥यो । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा ‘बी’ ले ‘सी’ लाई ३ विकेटले पराजित गरेको थियो । दुबै खेल जितेको ‘बी’ ले चार अंक जोडेको छ । ‘ए’ र ‘सी’ ले अंक जोडन सकेका छैनन ।

आइतबार टस जितेको ‘बी’ ले ४८.४ ओभरमा २ सय ५१ रन बनाएको थियो । प्लेयर अफ द म्याच ज्ञानेन्द्रले १ सय ३ रन बनाए । उनले ९१ बलमा सतक प्रहार गरेका थिए ।

रिटायर्डहर्ट हुनु अघि उनले ९१ बलमा १३ चौका र ४ छक्का प्रहार गरे । पृथु बास्कोटाले ६३ रन बनाए । उनले ८५ बलमा ९ चौका र १ छक्का हाने । ‘बी’ का ओपनर सुवास खकुरेल ८ रन बनाएर रिटायर्डहर्ट भएका थिए ।अन्तिम थापाले ३६ रन बनाए ।

‘ए’ का इर्साद अहमदले ३ विकेट लिए ।

जवाफमा ‘ए’ ४८.४ ओभरमा २ सय ४४ रनमा अलआउट भयो । ‘ए’ का लागि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ८५ र नरेश बुढाऐरले ५० रन जोडे । मेहबुब आलमले ३० रन बनाए । ‘बी’ का ज्ञानेन्द्र र शक्ति गौचनले समान ३ विकेट लिए ।

संयुक्त अरब इमिरेट्समा अर्को महिना पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको खेलका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगिताको पहिलो चरणबाट ४२ खेलाडी छनोट गरी नेपाल क्रिकेट संघले दोस्रो चरणको प्रतियोगिता आयोजना गरिरहेको छ । दोस्रो चरणमा तीन टोली सहभागि छन् । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा सर्वाधिक अंक हासिल गर्ने टोली विजेता बन्नेछ । मंगलबार नेपाल ‘ए’ र ‘सी’ ले प्रतिस्पर्धा गर्नेछन । नागरिक दैनिकमा समाचार छ ।