काठमाडौं, १ कात्तिक । विश्व फुटबल स्टार क्रिष्टियानो रोनाल्डो आधिकारिक रुपमै रियल मड्रिडको सर्वाधिक गोलकर्ता बनेका छन् ।
शनिबार राति सम्पन्न स्पेनिस ला लिगाको खेलमा रियल मडि«डले लेभान्टेलाई ३–० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरे ।
पोचुर्गलका ३० वर्षीय फर्वाड रोनाल्डोले ३१० खेलमा ३२४ गोल गरेका हुन् । रियल मड्रिडले २०१० मा पेपेमा डिफ्लेक्ट भएको गएको गोलको क्रेडिट रोनाल्डोलाई दिएर यसअघि नै सर्वाधिक गोलकर्ता घोषणा गरेको थियो ।
तर, आधिकारिक रुपमा भने रोनाल्डो लेभान्टेविरुद्धको गोलसँगै रियल मडि«डको सर्वाधिक गोलकर्ता बनेका छन् । यसअघि रियलको सर्वाधिक गोलकर्ताको रेकर्ड राहुलको नाममा थियो । उसले ७४१ खेलमा ३२३ गोल गरेका थिए ।















प्रतिक्रिया