३० आश्विन २०८३, शुक्रबार

एनआरएनएको सातौँ सम्मेलनले १० बुँदे घोषणापत्र जारी गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNकाठमाडौं, ३० असोज । एनआरएनएको सातौँ अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलन १० बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको छ ।

सम्मेलनले जारी गरेको घोषणामा सरकारसँग सहकार्य गरी एक हजार घर निर्माण गर्ने, सीप, पुँजीको सदुपयोग गर्दै विकासको सच्चा साझेदार बन्ने तथा जलविद्युत्, पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लागानी भित्र्याउन पहल गर्नेलगायतलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

कार्यक्रममा एनआरएनएका नवनिर्वाचित अध्यक्ष शेष घलेले काठमाडौँ घोषणापत्रलाई प्रतिबद्ध भएर कार्यान्वयन गर्ने बताउनुभयो ।

बुधबार सुरु भएको सम्मेलनमा ७१ देशका एक हजार २०० बढी प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनको दौरानमा भूकम्पपछिको पुनःनिर्माण तथा देशमा लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल भएको थियो ।