गुइयाङ (चीन), २९ असोज । चीनमा एक व्यक्तिलाई सात कलिला स्कुले बालिकालाई यौन दुव्र्यवहारका गरेको अभियोगमा जेल चलान गरिएको स्थानीय अधिकारीले बताएका छन् ।
चेन गुवाङगुवा नाम गरेका उनले सिसुई इलाकाको गाउँका सियाओलाओ ग्रामीण प्राथमिक विद्यालयका बालिकाहरुलाई स्कुल समयमा पैसाको प्रलोभनमा पारी जङ्गलमा काम गर्न लगाउने र यौन दुव्र्यवहार गर्ने गरेको छानबिनपछि पत्ता लागेको छानबिन अधिकारीले बताएका छन् ।
पीडित बालिकाहरुलाई स्थानीय प्रशासनले मनोपरामर्श तथा स्वास्थ्य उपचार गराइदिएको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया