काठमाडौं, ३० असोज । राजधानीमा एक बालिका आफ्नै घरबेटीबाट पटक पटक बलात्कृत हुँदै आएको खुलासा भएको छ ।
ललितपुरको ढोलाहिटीमा घरमा काम गर्न राखेकी बालिकामाथि घरबेटी र उनका सालोले पटक–पटक बलात्कार गर्दै आएको प्रहरीले खुलासा गरेको हो । बालिका बलात्कार गर्ने ढोलाहिटीका घरबेटी भरत कार्की र सालो उमेश खत्रीलाई शुक्रबार ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले आफ्नै घरकी १४ वर्षीया कामदार बालिकालाई पटक पटक बलात्कार गर्दै आएको थिए । प्रहरी अनुसन्धान अनुसार ललितपुर नख्खुमा बस्दै आएका खत्रीले बेलाबेलामा दिदीको घरमा गएका बेला बालिकालाई पैसाको प्रलोभनमा पारी फकाएर दिदीकै घरमा बलात्कार गर्दै आएको खुलेको छ ।
मोरङ घर भएका खत्रीले नै ती बालिकालाई काम सँगै पढाइदिने भनेर दिदी भिनाजूको घरमा काम गर्न काठमाडौं ल्याएका थिए । तर, बालिकालाई पटक पटक बलात्कार गरेपछि उनले आफू पढ्ने विद्यालयको शिक्षिकालाई आफूलाई घरबेटी र उनका सालोले बलात्कार गर्दै आएको बताएकी थिईन् ।
विद्यालयको जानकारीपछि प्रहरीले घरबेटी कार्की र सालो खत्रीलाई पक्राउ गरी बालिकालाई उद्दार गरेको छ । ललितपुर प्रहरीले दुई जनाविरुद्ध जबरजस्ती करणी ऐन अन्तर्गत मुद्दा दर्ताको तयारी भइरहेको जनाएको छ ।















प्रतिक्रिया