२९ आश्विन २०८३, बिहिबार

दसैँमा स्वदेश जान नपाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srijana Lamaजहाँ गए पनि आफ्नै चाडपर्व प्यारो लाग्ने रहेछ । लाग्छ अब त मालश्री धुनहरू पनि बज्न थाल्यो होला । त्यही धुनहरूको आवाजले मेरो कान गुञ्जिरहन्छ । त्यो मेरो बालापन थियो ।

दसैँको रमाइलो अनुभुति अझै पनि मसँग छ । परदेशमा रहँदा पनि हर्षविभोर भएर आउँछ ।

म जस्तै परदेशिएकाहरू रहरले वा बाध्यताले २० वर्षसम्म परिवारसँग छुट्टिएर यो दसैँजस्तो ठूलो पर्व परिवार बेगर नै कसरी मनाइयो होला ?

दसैंको टीका लगाउने हो भने सायद पति नेपालमै वा पत्नी विदेशमा यसरी एक्लाएक्लै मनाइएको राष्ट्रिय पर्व दसैँको अनुभूति कसरी गर्न सक्ला ?

पतिपत्नीको परिस्थिति, वेदना आदि कुराहरू फोनबाट नै मात्र कसरी अवगत गर्न सकिन्छ ?

सन्तानको आवश्यकतालाई पनि पर सारेर आखिर पैसामै सबै कुरो कैद बनाइएको सायद यस्तै प्रत्याभुति विदेसिएका सबैजनालाई पक्कै पनि पर्छ होला । यसरी पारिवारिक जीवनबाट टाढिएर प्रवासमा बस्न देशको परिस्थितिले बाध्य बनाएको छ ।

छोराछोरीले दसैँको बेला बाबा खै कहिले आउनुहुन्छ भन्ने प्रश्नको उत्तर आमाको आँशु बाहेक अरु के हुन सक्छ र ?

माइतीको निधार खाली हुँदा चेलीको मन विरहले रुन्छ । यसरी विदेशिएका चेलीहरू आशाको त्यान्द्रो बोकेर अर्को तिहारमा पक्कै जाने प्रण गदागर्दैै समयले साथ नदिदा यस्ता थुप्रै तिहारहरू चेली र माइतीको गहिरो सम्बन्धमा आँच पुगेको हो कि भन्ने महसुस हामी परदेशिएका चेलीहरूलाई लाग्नु स्वभाविक हो ।

यसरी संगै बसी दसैँतिहार मनाउने रहर हुँदाहुँदै पनि विदेशलाई कर्म थलो बनाएर खुसी हुँदै बस्नु पर्ने वाध्यता देशको राजनीतिक उथलपुथल, सामाजिक कलह र आर्थिक अवस्थाले प्रवासमा बाच्न बाध्य बनिएको छ ।

बाध्य बनिएको छ………

  • गायिका सिर्जना लामा, न्युयोर्क