११ कार्तिक २०८३, बुधबार

जिप दुर्घटना हुँदा चालकसहित दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Districtदाङ, ३० असोज । तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जिप किउरेनीमा पल्टिँदा जिप चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

रा१ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४ को किउरेनीमा सो दुर्घटना भएको हो ।

राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र धनवाङ गाविस–८ निवासी पुष्पा डांगी रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।