२२ कार्तिक २०८३, आइतबार

नेपाललाई अर्काे झट्काः खुलेको एक दिनमै बन्द भयो चीनसँग जोडिएको रसुवागढी नाका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rasuwagadi-naka-china-nepalकाठमाडौं, २९ असोज । चीनसँग जोडिएको रसुवागढी नाका सञ्चालनमा आएको २४ नबित्दै बन्द भएको छ ।

भारतले अघोषित नाकाबन्दी गरिरहेका बेला रसुवागढी नाकाबाट आपूर्ति हुने विश्वास गरिएपनि खुलेको १ दिनमै उक्त नाका बन्द भएको हो । वैशाख १२ को विनाशकारी भूकम्पछि बन्द भएको नाका बिहीबार मात्रै पुनः सञ्चालनमा आएको थियो ।

तर, शुक्रबारबाट फेरि रसुवागढी नाका बन्द भएको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले रसुवाढी–केरुङ सडकमार्गको ढोङ्सा भन्ने स्थानमा पहिरो खसेका कारण नाका अवरुद्ध भएको जानकारी दिनुभयो ।

rasuwagadi-naka-kurungमालबाहक ट्रक गुड्दा ट्रयाक खोलेर सुचारु गरिएको सडकमा ढुंगाहरु खसेकाले समस्या आएको खबर चिनियाँ अधिकारीले पठाएको उहाँले बताउनुभयो ।

चिनियाँ अधिकारीका अनुसार सडक पुनः सुचारु गर्न केही दिन लाग्ने प्रजिअ गेलालले बताउनुभयो । बुधबार मात्रै सञ्चालनमा आएको रसुवागढी नाकाबाट दसैं अगाडि नै आपूर्ति गर्ने तयारी थियो ।