काठमाडौं, २९ असोज । लेखक एवं पत्रकार अशोक सिलवाललाई बिहीबार विशेष सम्मान गरिएको छ ।
पर्वतीय पर्यटन क्षेत्रको छाता संगठन ट्रेकिङ एजेन्सिज् एशोसिएन अफ नेपाल (टान)को ३७ औं अधिवेशनका अवसरमा टुर एवं ट्रेकिङ गाईड समेत रहनुभएका सिलवाललाई नगद २५ हजारसहित विशेष सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सिलवाललाई सम्मान गर्नुभएको हो ।
सिलवालले विनाशकारी भूकम्प र हिमपहिरोपछि मानवविहिन बनेको लाङटाङ क्षेत्रको पैदलै जोखिमपूर्ण यात्रा गर्दै त्यस क्षेत्रको यथार्थ अवस्था झल्कने गरी तयार पारिएको बृत्तचित्र ‘घर फर्किरहेका मान्छे’को निर्देशन गर्नुभएको थियो । निट नेपालको निर्माणमा तयार भएको सो बृत्तचित्र छायांंकनका लागि निर्देशक सिलवाल पैदलै गएको पहिलो मानव समूहसँगै गत असारमा लाङटाङ पुग्नुभएको थियो ।















प्रतिक्रिया