अङ्कारा (टर्की), २९ असोज । टर्कीको युद्धक विमानले टर्कीको आकाशमा उडिराखेको एक मानवरहित विमानलाई शुक्रबार खसालेको यहाँको सेनाले एक विज्ञप्तिमार्फत् जनाएको छ ।
दुर्घटना गराइएको मानवरहित विमान कुन देशको हो र यसले कहाँ जानका लागि लक्ष्य लिएको थियो भन्नेबारेमा शुक्रबार अबेरसम्म थाहा भइनसकेको सेनाले जनाएको छ ।
तीन पटकसम्म टर्कीको आकाश छोड्न चेतावनी दिँदा पनि टर्कीको सीमा इलाकामा उडिराखेपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी कानुन अनुसार चालकरहित विमानलाई खसालिएको टर्कीले जनाएको छ ।
यसअघि सन् २०१३ मा पनि टर्कीको सेनाले सिरियाली हेलिकप्टरले सीमा क्षेत्रकाटी टर्कीको आकाशमा उडेपछि कारबाही स्वरुप खसालेको थियो । सन् २०१२ मा पनि टर्कीले सिरियाको एक विमानलाई आफ्नो आकाशमा उडेको आरोपमा कारबाही गरेको थियो । रासस/सिन्ह्वा















प्रतिक्रिया