२२ कार्तिक २०८३, आइतबार

ओनसरी नेपालको पहिलो महिला सभामुख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onsari-gharti-magar-final-358x296काठमाडौं, २९ असोज । एकीकृत नेकपा माओवादीकी नेतृ ओनसरी घर्ती नेपालको संसदीय इतिहासमा पहिलो महिला सभामुखमा निर्वाचित हुनुभएको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकले सत्तारुढ दल एमाओवादीबाट सभामुख पदमा उम्मेदवार बन्नुभएकी घर्ती अन्तिम समयमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

यसअघि सभामुखमा नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापाले पनि उम्मेदवारी दिनुभएको थियो । थापाका समर्थक प्रेम सुवालले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित हुनुभएको संसदका प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

यसअघि संविधानसभाको उपसभामुख रहिसक्नुभएका घर्तीले एसएलसीसम्म मात्रै अध्ययन गर्नुभएको छ ।