एजेन्सी । नेपालका मधेसी जनतालाई अधिकार देउ भनेर बडो आदर्शका साथ वकालत गर्दै आएको भारतका जनजाति समुदायले अधिकार नपाएकै कारण निवस्त्र प्रदर्शन गर्नुपरेको छ ।
भारतको उत्तर प्रदेशका पिछडिएका दलित समुदायले आफूलाई राज्यले अधिकार नदिएकै कारण पुलिस चौकी अगाडि नग्न प्रदर्शन गर्नुपरेको हो । आफ्नो समान चोरी भएपछि उजुरी दर्ता गराउन गएका उनीहरुलाई प्रहरीले उल्टै दुव्र्यवहार गरेपछि दलित परिवारले निर्वस्त्र भएर प्रदर्शन गरेका हुन् ।
उत्तर प्रदेशको गौतम बुद्ध नगरस्थित दनकौर क्षेत्रमा बिहिबार दलितहरुले अधिकार माग्दै निर्वस्त्र प्रदर्शन गरेका हुन् । ग्रेटर नोएडा पुलिसले आफूहरुको लुटपाटको जुरी दर्ता गर्न नमानेको भन्दै दलित परिवारका ३ महिला तथा २ पुरुषले प्रहरीले विरुद्ध निर्वस्त्र प्रदर्शन गरे । स्थानीय दलित पुरुष सुनिल गौतम आफ्नोमा चोरी गरेको आरोपमा बिहिबार छिमेकी महाविरविरुद्ध पुलिस चौकीमा उजुरी दर्ता गर्न गएका थिए ।
उनीसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्य पनि पुलिस चौकी गएका थिए । तर प्रहरीले उनीहरुको उजुरी दर्ता गर्न मानेन र उल्टै महाविरलाई संरक्षण गर्न थाल्यो । यसको विरोधमा पुलिस चौकी बाहिर गौतम, उनकी श्रीमती तथा परिवारका अन्य सदस्यले एकाएक कपडा फुकालेर नांगिए र नाराबाजी गरे ।
प्रहरीले भने महाविर विरुद्ध उजुरी दर्ता भैसकेको र उसको खोजी भैरहेको दाबी गर्दै गौतम र उनका परिवारले चौकी बाहिर आएर नांगिएर तमासा गरेकाले पक्राउ गरेको जनाएको छ । दलित परिवारले निवस्त्र प्रदर्शन गरेपछि उनका नग्न तस्वीर सार्वजनिक भएका छन् । यो घटनाले विश्व समुदायमा भारत आलोचित बनेको छ ।













प्रतिक्रिया