३० आश्विन २०८३, शुक्रबार

प्रजातन्त्रवादी नेत्री सुकीको निर्वाचन प्रचार अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aung San Suu Kyiथान्डे (म्यानमार), २९ असोज । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान् सुकीले म्यनमारमा आगामी नोभेम्बर महिनामा हुन लागेको निर्वाचनको प्रचार अभियान सुरु गर्नुभएको समाचार छ ।

समाचारअनुसार नेत्री सुकीले शुक्रबार म्यानमारको राखिन राज्यमा सो अभियान सञ्चालन गर्न लाग्नुभएको हो । उहाँलाई दर्जनौँको सङ्ख्यामा सुरक्षा प्रदान गरिएको सरकारले जनाएको छ ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीले नोभेम्बर ८ का लागि आयोजित सो अभियानमा हजारौँको सङ्ख्याका कार्यकर्ताको पनि सहभागिता रहेको बताइएको छ ।

पश्चिमी राखिन राज्यमा बौद्धमार्गीहरुको बसोबास रहेको छ । त्यहाँका ती बौद्धमार्गीहरुले उहाँले स्थानीय मुस्लिमहरुलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् ।

सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका अध्यक्ष विन नियाङ्ले भन्नुभयो– हामी सो क्षेत्रमा हुने निर्वाचनको प्रचार अभियानमा कुनैपनि किसीमको समस्या नहोस भन्ने चाहन्छौँ ।

यस अभियानका लागि सरकारलाई कम्तीमा पनि एक हजार प्रहरीको माग आफूहरुले गरेको जानकारी उहाँले दिनुभयो । सुकी हाल म्यानमारको संसदमा मुख्य विपक्षी दलको नेता हुनुहुन्छ ।

कैयौं स्थानीय नागरिक उहाँको स्वागतका लागि अत्यन्तै इच्छुक रहेको भन्दै यसका लागि पनि हामीले समन्वय गरी प्रचार अभियानलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेका छौँ– पार्टी अध्यक्ष नियाङ्ले भन्नुभयो ।

सो थान्डे क्षेत्रमा म्यानमारका आदिवासी मानिने रोहिङ्गा मुस्लिमहरुको बस्ती रहेको छ । उनीहरुले आफ्नो अधिकारका लागि विगतका वर्षहरुदेखि लड्दै आएका छन् ।

उनीहरु र बौद्धमार्गीबीच सन् २०१२ मा भएको भिडन्तका क्रममा कम्तीमा पनि २०० मानिस मारिएका थिए । सो भिडन्तपछि करिब डेढ लाख नागरिक विस्थापित भएका थिए । सो क्षेत्रमा अहिले पनि समय समयमा हिंसा मच्चिने गर्दछ । रासस÷एएफपी