३० आश्विन २०८३, शुक्रबार

यू-१९ विश्वकप छनोटमा नेपालको शानदार जित, युगाण्डालाई १७१ रनअन्तरले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-U-19काठमाडौं, २९ असोज । उन्नाईस वर्षमुनिको यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युगाण्डामाथि शानदार जित हात पारेको छ ।

विश्वकप छनोटमा लगातार दोस्रो जित हात पार्दै शुक्रबार नेपालले युगाण्डामाथि १७१ रनको फराकिलो जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको शतकको मद्दतमा ७ विकेट गुमाएर २४२ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको युगाण्डाले ३६.२ ओभर खेल्दै सबै विकेट गुमाएर ७१ रन मात्र जोड्न सक्यो ।

युगाण्डालाई सस्तैमा समेट्ने क्रममा दिपेश श्रेष्ठले ३ विकेट लिए । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ विकेट लिए । आजको खेलमा नेपाली टिमका कप्तान राजु रिजालले शतकीय पारी खेलेको थिए ।