११ कार्तिक २०८३, बुधबार

अब नेपालमा हावाबाट बिजुली निकालिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Light-पाँचथर, २९ असोज । जिल्लाको दक्षिणी गाविस सराङडाँडा– ८ सप्तमी बजारका स्थानीयवासीलाई लक्षित गरी हावाबाट बिजुली उत्पादन गर्न लागिएको छ ।

वैकल्पिक ऊर्जा विकास केन्द्रको लागतमा हावा मिल (विन मिल) निर्माण गर्न लागिएको सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष सन्तोष शेर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चार महिनाअघि परीक्षणका लागि त्यहाँ टावर जडान गरिएको छ, यो परीक्षण छ महिनासम्म गर्नुपर्छ ।

अनुमानित रु २५ लाख लागत लाग्ने सो आयोजनाबाट आठदेखि १० किलोवाटसम्म बिजुली उत्पादन गर्न सकिने छ । आयोजना सफल भएमा सप्तमी बजारका एक सयभन्दा बढी घरधुरी लाभान्वित हुने अध्यक्ष शेर्माले बताउनुभयो ।

यो स्थानमा सबैभन्दा बढी हावा चल्ने भएकाले अहिले हावाको मापन गर्न टावर निर्माण गरी हावाको परीक्षण गरिरहेको समितिले जनाएको छ । रासस