२२ कार्तिक २०८३, आइतबार

कांग्रेसले उम्मेदवारी नदिने, घर्ती र यादव निर्वाचित हुने पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २९ असोज । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

पार्टी सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस नेताहरुका अनुसार सबैको सहमतिमा उठाइने उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

कांग्रेसको निर्णयसँगै एकीकृत माओवादी र राप्रपा नेपालले उठाउने उम्मेदवारको जित सुनिश्चित भएको छ ।

एकीकृत माओवादीले सभामुखमा ओनसरी घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपसभामुखमा राप्रपा नेपालले गंगाप्रसाद यादवलाई उम्मेदवार बनाउने जनाएको छ ।

विपक्षी दल कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती र यादव निर्विरोध हुने पक्का भएको छ । उनीहरुले संसद सचिवालयले तोकेको समयमा उम्मेदवारी दर्ता गराउनेछ ।