२२ कार्तिक २०८३, आइतबार

राप्रपा नेपालद्धारा उपसभामुख उम्मेदवरमा हेरफेर, यादव यसरी आए मैदानमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gangaprasad-Yadavकाठमाडौं, २९ असोज । सत्तारुढ दल राप्रपा नेपालले उपसभामुखमा आफ्ना सांसद गंगाप्रसाद यादवलाई अगाडि बढाउने निर्णय गरेको छ ।

काठमाडौंमा आज बिहान बसेको राप्रपा नेपालको पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । सप्तरी जिल्ला निवासी यादव राप्रपा नेपालका नेता पनि हुनुहुन्छ ।

‘पार्टीको पदाधिकारी बैठकको निर्णयअनुसार गंगाप्रसाद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘सभामुखमा महिला उम्मेदवार भएकाले हाम्रो पार्टीले उम्मेदवार परिवर्तन गरेका हौँ ।’

यसअघि राप्रपा नेपालले सांसद कुन्ती शाहीलाई उपसभामुखमा उम्मेदवार बनाउने जनाएको थियो । तर, शाही मन्त्री बन्नुहुने स्रोतको भनाइ छ । शाहीलाई दिने मन्त्रालयको भने टुङ्गो लागेको छैन ।