२२ कार्तिक २०८३, आइतबार

उपेन्द्र यादव भन्छन्– मधेस आन्दोलनले आकाश छोइसक्यो, अब त्यसै भुईमा खस्दैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadavकाठमाडौं, २९ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसले आन्दोलनले आकाशजस्तै उचाई लिएको बताउनुभएको छ ।

पार्टीको भातृ संगठन नेवाः प्रदेश समितिको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मधेस आन्दोलनले आकाश छोएको बताउनुभयो । उहाँले भन्नुभयो– मधेसको आन्दोलनले राष्ट्रिय आन्दोलनको रुप लिएको छ । अर्काे शब्दमा भन्दा हामीले आकाश छोइसकेका छौं । अब त्यसै भुईमा खस्ने सम्भावना छैन् ।’

उहाँले आफूहरु वार्ताका लागि तयार रहेको भन्दै तत्काल मधेसी समुदायका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो । साथै मधेस आन्दोलन दबाउने कल्पना सम्म नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

पार्टीका वरिष्ठ नेता अशोक राईले अधिकार र पहिचान विहीन संविधानको कुनै अर्थ नरहेको बताउनुभयो ।