काठमाडौं, २९ असोज । एमालेका सचिव गोकर्ण विष्टले मन्त्री छनौटका विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेर जानुपर्ने बताउनुभएको छ ।
उहाँले मन्त्री चयनमा व्यक्तिगत रुपमा निर्णय गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव विष्टले भन्नुभयो, ‘मन्त्री बन्ने आकंक्षा धेरैको हुन सक्छ । पार्टीमा संस्थागत निर्णय गरेर जाँदा राम्रो हुन्छ ।’
सचिव विष्टले मन्त्री बन्ने सबैको चाहना रहेको भन्दै पार्टीमा काम गरेको र सिनियर नेतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।
‘मन्त्री बनाउँदा पार्टीका वरिष्ठ र जनतामा भिजेका नेताहरुलाई ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘मन्त्री बन्ने इच्छा सबैको हुन सक्छ । मापदण्ड बनाएर जानुपर्छ ।’
केही व्यक्तिलाई मन्त्री बनाएका विषयमा स्थायी समितिमा कुरा उठेको बताउनुभएका सचिव विष्टले सकेसम्म सबैलाई सन्तुष्टि बनाएर निर्णय गर्नुपर्ने बताउनुभयो ।












प्रतिक्रिया