२२ कार्तिक २०८३, आइतबार

एनआरएनको अध्यक्षमा शेष घले भारी मतले विजयी, को–को ले जिते ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shesh singaleकाठमाडौं, २८ असोज । गैर आवासीय नेपाली संघ(एनआरएन)को सातौ अधिवेशनबाट अध्यक्षमा शेष घले पुनः निर्वाचित हुनुभएको छ ।

राजधानीमा बुधबारदेखि सुरु भएको एनआरएनको विश्व सम्मेलनले घलेलाई भारी मतले अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका अर्का दाबेदार टिबी कार्कीलाई ६ सय मत अन्तरले पराजित गर्दै घले दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । घलेले ८६७ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कार्कीले २६६ मत पाउनुभयो ।

यस्तै, एनआरएनको उपाध्यक्ष कुमार पन्त र भुवन भट्ट निर्वाचित हुनुभएको छ । महासचिवमा बद्री केसी, सचिवमा अर्जुन कुमार श्रेष्ठ, कोषाध्यक्षमा हिक्मत कार्की निर्वाचित हुनुभएको छ ।

युवा संयोजकमा विजय पोखरेल र उपसंयोजकमा लोकराज शर्मा तथा महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा राजनी प्रधान निर्वाचित हुनुभएको छ ।

अमेरिका संयोजकमा सेनाम लामा, उपसंयोजकमा आङ छिरिग शेर्पा, एसिया प्यासिफक संयोजकमा किरण विक्रम थापा र युरोप सह संयोजकमा दाबा शेर्पा र प्रेम गुरुङ निर्वाचित हुनुभएको छ । युरोप संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै गल्फ संयोजकमा डीबी क्षेत्री, उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारी ओसियानामा महेन्द्र लम्साल निर्वाचित हुनभयो ।

एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो ।