२८ आश्विन २०८३, बुधबार

एनआरएनलाई अनलाइन एकाउण्टिङ सिस्टममा लैजान चाहन्छु: राजेन्द्र सिवाकोटी, कोषाध्यक्ष उम्मेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Siwakoti- USAतपाईँको पृष्ठभूमिबारे बताइदिनु न ?

म चार्टर्ड एकाउण्टेण्टको विद्यार्थी हुँ । अहिले अमेरिकामा पनि व्यवसाय गरिरहेको छु । ग्यास स्टेसन र रिटेल व्यवसायमा आबद्ध छु ।

तपाईँले कोषाध्यक्षको पदमा दाबी गरिरहनुभएको छ, सम्मेलनको सरगर्मी कस्तो छ त ?

सरगर्मी अत्याधिक रुपमा बढेको छ । पद थोरै, आकाक्षीहरु धेरै छन् । जसले गर्दा अन्त्याधिक प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्षमा समेत ५ जना उमेद्वार हुनुहुन्छ ।

तपाईँको उमेद्वारी के का लागि ?

अहिले एनआरएनएको भवन बनाउनेदेखि कोष बनाउने थुप्रै काम भइरहेका छन् । अहिले हाम्रो कोषमा पनि धेरै रकम जम्मा भैसकेको छ । म कोषाध्यक्ष भएपछि संस्थालाई अनलाइन एकाउण्टिङ सिस्टममा लैजानेछु । हरेक मानिसलाई थाहा होस् कि मैले खर्च गरेको पैसा कहाँ खर्च भैरहेको छ । हरेक शाखामा सूचना तथा जानकारी पठाउने काम गर्नेछु । अहिले त्यही कुरा थाहा पाउन दुई वर्ष कुर्नुपर्दछ । हामीभन्दा पछाडिका जेनेरेशनलाई पनि संस्थामा ल्याउनका लागि नयाँ नयाँ कार्यक्रमहरु ल्याउनेछु ।

तपाईँ कोषाध्यक्ष हुन्छु भन्नेमा ढुक्क हुनुहुन्छ ?

म विश्वस्त छु । किनकी विगत आठ वर्षदेखि निरन्तर एनआरएनएमा सक्रिय रहँदै आएको छु । एनआरएनएको बारेमा पूर्ण जानकार छु । म दावाका साथ भन्न सक्छु कि कोषाध्यक्ष बन्नका लागि म मा सबै प्रकारको योग्यता पुग्छ । म विगत १५ वर्षदेखि लेखा परिक्षकको रुपमा काम गरिरहेकाले पनि म उपयुक्त उमेद्वार हुँ जस्तो लाग्छ ।

अन्त्यमा एनआरएनका साथीहरुलाई के भन्नुहुन्छ ?

अहिलेको सम्मेलनबाट एनआरएनलाई अर्को उचाईमा पु¥याउन सक्ने सही नेतृत्वको चयन गर्नुपर्दछ । मानिसको योग्यता, नेतृत्व गर्न सक्के क्षमता र समय दिन सक्ने मान्छेलाई मात्र मतदान गर्नुहोला भन्न चाहन्छु ।