३० आश्विन २०८३, शुक्रबार

चुनाव जित्नेमा ढुक्क छु : नरेन्द्र भाट, एनआरएन उपाध्यक्षको उमेद्वार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-Bhat

तपाईँको उम्मेदवारी किन ?

श्रमिक मैत्री सामूहिक नेतृत्व, एनअरएनए र राष्ट्रबीचको सहकार्यमा सम्बृद्ध नेपालको लागि मेरो उमेद्वारी । स्थापनाकालदेखिनै म एनआरएनएमा आबद्ध छु । सन् २००७ देखि ९ सम्म एनसीसी कतारको केन्द्रिय सदस्य भएँ । र, ००९ देखि ०११ को कार्यकालमा अध्यक्षको जिम्मेवारी निर्वाह गर्न पुगेँ । त्यसपछि आइसीसी मध्यपूर्व संयोजकको रुपमा काम गरेँ । २०१३ देखि ०१५ को कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी दिएँ । तर, त्यसमा असफल भएपछि आइसीसी सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको छु । व्यवसायको हिसावले सन् २००४ देखि कतारमा निर्माणसम्बन्धी व्यवसाय गर्दै आएको छु ।

यो महाधिवेशनबाट उपाध्यक्ष पदमा विजयी हुन्छु भन्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

सबै साथीहरु आआफ्नो ठाउँमा सक्षम हुनुहुन्छ । मेरो जिम्मेवारी बहन गर्न सक्ने सक्षमता देखेर संस्थाले दिएको भूमिका निर्वाह गर्दै आएको छु । यसपटक मलाई उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।

तपाईँ उपाध्यक्षमा विजयी भए गैरआवासीय नेपालीहरुले के पाउँछन् त ?

संगठनको निर्णयले संस्था अगाडि बढ्ने हो । तर, संस्थालाई सुधार गर्दै बलियो र मैत्रीपूर्ण बनाएर लाने सवालमा कटिबद्ध हुनेछु ।

अन्त्यमा, एनआरएनएको महाधिवेशनमा सहभागी हुन काठमाडौं आउनुभएका साथीहरुलाई के भन्नुहुन्छ ?

आगामी कार्यकालमा मलाई काम गर्न अवसर दिनुहुनेछ भन्नेमा म विश्वस्त छु । सहकार्य र संस्थागत विकासका लागि सँधै तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।