३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sagar-thapaकाठमाडौं, २७ असोज । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडीलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । खेलाडीसँगै एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार दिउँसो कप्तान थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसीलाई अन्तराष्ट्रिय खेलमा मिलेमतो गरी नेपाललाई हराएको आरोपमा पक्राउ गरेको हो ।

पछिल्लो समय नेपालले अन्तराष्ट्रिय फुटबलमा लगातार खराब प्रदर्शन गरिरहेको थियो । पक्राउ परेका खेलाडीमध्ये रितेश नेपाल पुलिस क्लबका गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् ।

उनीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएकाले थप अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।