३० आश्विन २०८३, शुक्रबार

बर्दियामा क्षेत्रीय खेलकुदका खेलाडी छनौट प्रतियोगिता सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

game 5

– सुदीप अधिकारी
बर्दिया, २७ असोज । क्षेत्रीय स्तरको खेलकुदका लागि बर्दियामा विभिन्न विधामा खेलाडी छनौट प्रतियोगिता संचालन भइरहेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ फुटवल, भलिवल, खोखो, कबड्डी, कराते, चेस, टेवल टेनिस लगाएत २३ खेलका लागि खेलाडी छनौट प्रतियोगिता संचालन भइरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनालले जानकारी दिए । असोज मसान्तसम्म सबै विधामा खेलाडी चयन भइसक्ने छन् ।

जिल्लास्तरबाट छनौट भएका खेलाडीले कार्तिक ११ देखि २३ गते सम्म हुने क्षेत्रिय खेलकुद प्रतियोगितामा प्रतिस्प्रर्धा गर्ने छन् । क्षेत्रिय स्तरमा प्रतिस्प्रर्धाका लागि बुधबार जिल्लाको बबई नगरपलिकाको भुरिगाउँमा जिल्ला स्तरिय भलिवल र खो खो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भलिवलबाट १० जना पुरुष र १० जना महिला खेलाडी छनौट भएका छन् । भने, खोखोमा१२ जना पुरुष र १२ जना महिला छनौट भएका जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खगेन्द्र खनालले बताए । अन्य खेलका पनि छनौट प्रतियोगिता जारी रहेको बताइएको छ ।

बुधबार भलिबल र खोखो खेलका लागि छनौट भएका खेलाडीहरुलाई वृहत मध्यपश्चिम खेलकुद विकास समितीका अध्यक्ष भिमबहादुर वली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खनाल र प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले शुभकामना व्यक्त गरे ।

game 1 game 2