३० आश्विन २०८३, शुक्रबार

बलात्कार आरोपमा तीन प्रहरी हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAPEमुल्तान (पाकिस्तान), २७ असोज । पाकिस्तानका तीन प्रहरी अधिकृतलाई बलात्कार आरोपमा हिरासतमा लिइएको यहाँका एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।

उच्च प्रहरी अधिकारी अवैस मालिकका अनुसार तीनैजना प्रहरी अधिकृतले एक महिलालाई छ दिन पहिले अपहरण गरी बलात्कार गरेको भन्दै उनीहरुमाथि मृतक महिलाले आफ्ना मृत्युपत्रमा आरोप लगाएकी छिन् ।

आगोलगाई सोमबार आत्महत्या गरेकी उक्त महिलाले आफूमाथि सामूहिक बलात्कार गरेको भनी उनको मृत्युपूर्व एक पत्र लेखी आफूमाथि बलात्कार भएको घटना प्रहरीसमक्ष औपचारिक उजुर गर्न नसकेको तर, सोही पीडाले आफूले आत्महत्या गरेको पत्रमा लेखेकी बताइएको छ ।

बीस–वर्षीया विवाहिता महिलाले सोमबार प्रहरी चौकी नजिकै सार्वजनिक स्थलर्मा आत्महत्या गरेकी थिइन् ।

उनको मृत्युपत्रको समाचार स्थानीय सञ्चारमाध्यमबाट बजारमा आएपछि प्रहरीले आफ्ना कर्मचारीमाथि कारबाही अघि बढाएको बताइएको छ । रासस/एपी