३० आश्विन २०८३, शुक्रबार

रोनाल्डोले जिते गोल्डेन बुट अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cristino-Ronaldoकाठमाडौं, २७ असोज । फुटबर स्टार क्रिष्टियानो रोनाल्डोले चौथो पटक गोल्डेन बुट अवार्ड जितेका छन् । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले उनले तेस्रो पटक मंगलबार गोल्डेन बुट जितेका हुन् ।

रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले त्यसअघि २००७/०८ को सिजनमा म्यानचेष्टर युनाइटेडबाट गोल्डेन बुट जितेका थिए । गोल्डेन बुट जितेपछि रोनाल्डोले यो आफ्नो करियरको अर्को ऐतिहासिक क्षण भएको बताउँदै टीमका साथीहरुको सहयोग विना यो सफलता सम्भव नभएको बताए ।

अझै धेरै गोल्डेन बुट जित्ने इच्छा रहेको उनले सुनाए । साथै उनले यो सिजन च्याम्पियन्स लिगसँथै ला लिगा र कोपा डेल रे जित्न प्रयास गर्ने बताए । रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डोले गत सिजन स्पेनिस लिगको ३५ खेलमा ४८ गोल गरेका थिए । ३० वर्षीय रोनाल्डो ३० सेप्टेम्बर ३२४ गोलका साथ रियल मड्रिडको सर्वाधिक गोलकर्ता पनि बनेका थिए ।