काबुल, २६ असोज । अफगानिस्तानमा सशस्त्र आतङ्क मच्चाइरहेका तालिवानहरुले जनताको सुरक्षाका लागि भन्दै कुन्दुज सहरबाट फिर्ता भएको बताएका छन् ।
यसअघि सो सहर कब्जा गरेको जनाएका उनीहरुले मङ्गलबार त्यहाँबाट आपूmहरु फिर्ता भएको जनाएका हुन् ।अफगानिस्तानको सो सहरमा द्वीपक्षीय रुपमा अफगान सेना र तालिवानबीच गएको सेप्टेम्बर २९ देखि नै भिडन्त हुँदै आएको थियो ।
सुरुमा उनीहरुले सो सहर कब्जा गरेको जनाएका थिए । पछि अफगान सेनाले पुनः हवाई कारबाही गरी सो सहर फिर्ता गराएको थियो ।
तर पनि पछि फेरि तालिवानहरुले गतहप्तादेखि सो सहर आफ्नो नियन्त्रणमा लिने भन्दै सेनामाथि जाइलागेका थिए । यो द्वीपक्षीय भिडन्तका कारण सो क्षेत्रमा सयौँ नागरिकको ज्यान गइसकेको छ । यो भिडन्तको दोहोरो मारमा नागरिक पर्ने गरेका थिए ।
तालिवानहरुले मङ्गलबार विज्ञप्ति प्रकाशन गरेरै जनताको सुरक्षाका लागि भन्दै आफूहरु त्यहाँबाछ हटेको जनाएका हुन् । रासस÷सिन्ह्वा















प्रतिक्रिया