३० आश्विन २०८३, शुक्रबार

उत्कृष्ट एनआरएनमा सपिला राजभण्डारी घोषित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sapila-rajbhandari (1)

– बिजय थापा
काठमाडौँ । गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय ‘वेष्ट एनआरएन’बाट सम्मान गरिएको छ ।

सोलिडारिटी ट्रष्ट नेपालले आज आयोजित ‘वेष्ट एनआरएन’ कार्यक्रममा रूसमा बसोबास गर्दै रुसमा बसोबास गर्दै आएकी गैर आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई २०१४ को उत्कृष्ट गैर आवासीय बेस्ट एनआरएन घोषणा सहित सम्मान गरिएको हो ।

नेपालीका लागि नेपाली भन्ने भावमा प्रतिबद्ध हुदै स्वदेश र बिदेशमा नेपालीबीच र समर्पण लागि उक्त सम्मान राजभण्डारीलाई गरिएको हो । हात्तीगौडा काठमाडौँमा स्थाई बसोबास घर भै रुसको मस्कोबाट गैर आवासीय अभियानमा सक्रिय भएकी सपिलाले कम्प्युटर ईन्जिनियर्स ईन्जिनियरिंग तथा ब्यापार प्रशासनमा स्नाकोत्तर गरेकी छिन् ।

दुःख कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, किर्तीमानी कायम गरी देशको इज्जत एवं गौरव बढाउने तथा नेपाली मात्रको सेवामा जुट्ने कुरामा उच्च योगदान पुर्याउने मध्येका उत्कृष्ट नेपालीलाई हरेक बर्ष सोलिडारिटी ट्रष्ट नेपालले समान गर्दै आएको छ ।

Sapila-rajbhandari (2)कार्यक्रमका प्रमुख आतिथी पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उत्कृष्ट एनआरएनमा घोषित भएकी सपिला राजभण्डारी सम्मान गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री नेपालले राजभण्डारी बधाई दिदै काम गर्ने मानिसको जहाँ पनि कदर हुन्छ, समाजले आफै खोज्छ र यस्ता व्यक्ति सम्मान हुन्छ भन्नुभयो ।

सम्मानित भएपछि सपिला राजभण्डारीले भाबुक हुदै नेपाल कुल मिलाएर ४ बर्ष मात्र बसेको भन्दै नेपालमा आएर के गर्न सकिन्छ भन्ने जस्तो लागद्थ्यो भनिन । सोलिडारिटी ट्रष्ट नेपालको सम्मानले आफू प्रोत्साहित भएको छु भन्दै अझ कालान्तरमा यो भन्दा ज्यादा काम गर्ने प्रतिबद्ध जाहेर गरिन । र उनले अगाडि भनिन स्वास्थ्य र शिक्षाको क्षेत्रमा अभाव भएको आफूले महसुस गरेको बताइन ।

Sapila-rajbhandari (3)कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिव लामिछाने, प्रसिद्ध लेखक हिरन्य लाल श्रेष्ठ, भिम उदास, नेपाली कांग्रेसका नेता अर्जुन प्रसाद जोशी र अन्यले शुभकामना मन्तब्य राखेका थिए ।

सोलिडारिटी ट्रष्ट नेपालको तर्फबाट मिना शर्माले उत्कृष्ट एनआरएन २०१४ मा सपिला राजभण्डारी घोषित गरेकी थिइन् भने २०१२ मा नाइजेरियाका हिक्मत थापा तथा २०१३ मा साउदी अरबियाका धरम केसीलाई सम्मान गरिएको थियो । धन्यबाद ज्ञापन सोलिडारिटी ट्रष्ट नेपाल कि चन्द्रिका राना थापाले गरेकी थिइन् ।