२९ आश्विन २०८३, बिहिबार

कस्ले दियो सुशीललाई कु-बुद्धि ? किन निहुरियो सुशीलको शिर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Dhungel

– माधव ढुंगेल

अनेक व्यवधानका बीच, आठ वर्षको अन्तरालमा, नेपाली जनताको ६५ बर्षदेखिको चाहना पूरा गर्दै गत असोज ३ गते संविधानसभामार्फत घोषणा गरिएको नयाँ संविधानपश्चात संसदले संघीय गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री तथा नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई सानदार वहुमतका साथ निर्वाचित गरेको छ । ६०१ संख्याको संसद संख्यामध्ये हाल कायम ५९७ जना संसद सदस्यमध्ये ५८७ को उपस्थित रहेको र उपस्थित मध्यवाट प्रधानमन्त्रीका उम्मेद्वार केपी शर्मा ओलीलाई ३३८ र अर्का उम्मेद्वार सुशील कोइरालालाई २४९ मत परेको थियो ।

नेपाली कांग्रेसको अपरिपक्व निर्णयको मारमा सुशील कोइराला

दोश्रो संविधानसभामा कांग्रेश र एमाले पहिलो र दोश्रो शक्तिको रुपमा स्थापित भएपश्चात भएको राजनीतिक समझदारीले नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्री बनाएको थियो । पछि नेपाली कांग्रेसकै तर्फबाट पहिलो संबिधासभामै निर्वाचित गरिएका रामवरण यादवलाई दोश्रोकालमा पनि निरन्तर गरिएको थियो । नेपाली कांग्रेसकै तर्फबाट राष्ट्रपति र प्रधानमन्त्री स्वीकारी दुई वर्ष सत्ता साझेदार बनेको नेकपा एमालेलाई धोखा दिनु यो पंक्तिकारले धेरै ठूलो विषयको रुपमा लिन चाहेन । यो सबै पीडालाई परिणामको सफलताले बिर्साएको छ । एमाले पंक्तिलाई तर राष्ट्रवादी अडानका साथ संविधान जारी गर्ने नेतृत्व गर्ने सुशील कोइराला वास्तवमै एउटा युगिन व्यक्तित्वको परिचय बनाइ रहेका थिए । संविधान पिताको महान पद्वीले सम्मानित हुने बेला आफैले गरेको भद्र सहमति तोडेर फेरि प्रधानमन्त्रीको उम्मेद्वार बन्ने कुबुद्धि कस्ले दियो सुशीललाई ?

संविधान पिताको महान पद्वीले सम्मानित हुने बेला आफैले गरेको भद्र सहमति तोडेर फेरि प्रधानमन्त्रीको उम्मेद्वार बन्ने कुबुद्धि कस्ले दियो सुशीललाई ? नेपाली अस्मिताको रक्षाका निमित्त भद्र सहमतिको रक्षक बनेर नेपाली स्वाभिमान बचाउने अभिभाबक बन्लान भनेका सुशील एकाएक आफै प्रधानमन्त्रीका उम्मेद्वार कसरी बने र शिर निहुराउँदै त्यो संसदमा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार भन्न कसरी सके !

विगतमा नेपाली कांग्रेस र एमालेका बीच समझदारी भएको थियो, यो सहमतिपछि आएर एमाओवादी र लोकतान्त्रिक मधेशी मोर्चा समेत गरि चार ठूला दलको १६ वुँदे सहमतिको रुपमा परिणत भइ सार्वजनिक भएको यथार्थ कसैका बीचमा लुकेको छैन । यति छोटो अवधिका सहमति तोड्न सक्ने नेपाली कांग्रेसको चरित्र देखेर सिंगो देश अचम्मित बन्यो भने जानी–जानी हार्ने प्रधानमन्त्रीको उम्मेद्वार बनाएर सुशीललाई सर्मनाक बनाउने आफैभित्रको जालको चक्रव्युह कति थियो त्यो नेपाली कांग्रसको आत्मसमिक्षाको विषय हो । संविधान घोषणा गर्दादेखि देखिएको छिमेकी व्यवहार र दक्षिण सिमानामा भएका गतिविधिले प्रताडित भएको नेपाली अस्मिताको रक्षाका निमित्त भद्र सहमतिको रक्षक बनेर नेपाली स्वाभिमान बचाउने अभिभाबक बन्लान भनेका सुशील एकाएक आफै प्रधानमन्त्रीका उम्मेद्वार कसरी बने र शिर निहुराउँदै त्यो संसदमा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार भन्न कसरी सके ! दर्शकदिर्घामा बसेर यो पंक्तिकारले एउटा निरीह, अरु कसैको प्यादा या लज्जाबोधले शिर निहुराएको विचरा सुशीललाई टुलुटुलु हेरिरह्यो ।

प्रधानमन्त्री चयनको दिन प्रधानमन्त्रीका उम्मेद्वारको प्रस्तावक र समर्थक भई प्रस्तुत हुने क्रममा प्रेमवहादुर सिंहले ‘के संविधान जारी गर्ने सुशील कोइराला र यो प्रधानमन्त्रीको उम्मेद्वार एउटै हो कि फरक हो !’ भन्दा सिंगो संसदले वेग ताली बजाएको थियो । परिस्थिति र समयले नेपालको प्रधानमन्त्री छान्न नेपाली–नेपालीबीच ‘नेपाल भर्सेस भारत’ जस्तो निर्वाचन भएको यो संसदभित्र सुशील कोइरालालाई कुन कित्तामा राखेर विश्लेषण गरौं यो पनि दुर्भाग्यपूर्ण नै रह्यो । संसदमा सबैभन्दा ठूलो दल, इतिहासमा लोकतन्त्रका निमित्त त्याग र बलिदान गरेको राजनीतिक शक्ति, सबैभन्दा पाका र पुराना नेता कार्यकर्ता भएको जिम्मेवार पार्टीको यो निर्णय पचाउन नेपाली जनतालाई अलि गाह्रो नै भएको होला भन्ने अनुमान गर्न सकिन्छ । जनताका बीचमा जाँदा पक्कै पनि महसुस होला नै ।

अबको बाटो

संविधान मात्रै जारी भएको छ यसको कार्यान्वयन गर्न वाँकी छ । संविधानको कार्यान्वयनका लागि करिब १५० वटा त विद्ययकहरु निर्माण गरि ऐन र कानूनको रुपमा जारी गर्नु पर्छ । स्थानीय, प्रदेश र संघीय गरी तीनवटा निर्वाचन सम्पन्न गर्नुछ । विभिन्न प्रशासनिक निकायहरुको व्यवस्थापन कार्य सम्पन्न गर्नुछ । मधेशको आन्दोलनका जाहेज मागको उचित सम्वोधन गर्नुछ । छिमेकीसँगको आपसी समझदारी कायम गर्न एकताबद्ध पहलकदमी गर्नुछ । भूकम्पवाट प्रताडित नेपाली जनजीवनलाई व्यवस्थित गरी नव निर्माणको दिशामा लिएर जानुछ । सिंगो देशलाई आर्थिक समृद्धिको मार्गमा अगाडि वढाउनुछ । यी सवै काम कम्तीमा ठूला दलहरु मिलेर नै सम्पन्न गर्न सक्नु पर्दथ्यो । यतिबेला ठूला राजनीतिक दलहरु बीचको असमझदारी देशकै दुर्भाग्य सावित हुन सक्दछ ।

संविधान जारी भए यता निकट छिमेकी रिसाएर नाकाबन्दीको मार नेपाली जनताले व्यहोरिरहेको बेला, महाभूकम्पले तहसनहस पारेको भौतिक संरचनाको वरिपरि, संविधानमा उल्लेखित जनताका अधिकारहरु सुव्यवस्थित गर्न कानूनहरुको भारी बनाउने र यसको जगमा आफ्ना सहयात्री राजनीतिक दलहरुलाई साथमा लिएर नेपाली कांग्रेससहितका प्रतिपक्षीहरुका अलवा सबै नेपाली र नेपाली जनताका प्रतिनिधिहरुको भावना अनुरुप गरिबीको उन्मुलन गर्न सक्नु, देशभित्रको असमझदारीलाई मिलाएर अगाडि बढ्न सक्नु र सिगो देशलाई समृद्धिको मार्गमा तिव्र गतिका साथ नेतृत्व गर्न सक्नु आज प्रधानमन्त्रीका मुख्य चुनौतिहरु हुन । यी सवै काममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफलता मिलोस शुभकामना !

युवा नेता ढुंगेल नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।