३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको एनआरएनलाई दुलोबाट बाहिर निकाल्ने म हुँ : राई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva-raiबोस्टन । लामो समयसम्म केहि ब्यक्तिमा मात्र सिमित रहेको एनआरएन अमेरिकालाई आम जनतामा लिएर लोकप्रिय बनेका एनआरएन अमेरिकाका पूर्व अध्यक्ष शिव राईले आफ्नो योगदान नबिर्सन आग्रह गरेका छन् ।

स्थापनाको लामो समयसम्म अमेरिकाभित्र केहि ब्यक्तिमा हराएको एनआरएनलाई बिधान परिवर्तन गरेर बाहिर ल्याएका राईले आफ्नो योगदान नबिर्सन सबैमा आग्रह गरेका हुन् । एनआरएन अमेरिकाको महासचिव, बरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मा निभाइसकेका राईले अहिले अमेरिका क्षेत्रबाट डिआरसीमा उम्मेदवारी दिएका छन् ।

आफू सस्तो लोकप्रियता भन्दा पनि काममा बिश्वास गर्ने भएकोले आफ्नो बिगतको योगदानको कदर गरेर जिम्मेवारी दिन राईको आग्रह छ । डिआरसीमा यस अघि अमेरिकाबाटै एशी शेर्पाले पनि उम्मेदवारी दिएका छन् । राई र शेर्पाबीच काठमाडौमा सहमति हुन नसके निर्बाचनबाटै एकजना चयन हुनेछन् ।