३० आश्विन २०८३, शुक्रबार

कोरियामा नेपाली चेली सबिता सम्मानित, अक्षयकोषलाई २३ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sabita-upradi (1)सउल । अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन् । विशेष स्कुल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरी अटिजम बालबालिकाहरुलाई पूर्ण जीवन दिएका कारण सबिता कोरियामा सम्मानित भएकी हुन ।

अटिजम बालबालिका सहयोग अभियान कोरियाले आयोजना गरेको कार्यक्रममा कोरियाका नेपाली सङ्घ सस्थाहरुले संयुक्तरुपमा सबितालाई सम्मान गरेका हुन । अटिजम बालबालिका सहयोग अभियान – दक्षिण कोरियाले सबिता उप्रेतीलाई कोरियामा आमन्त्रण गरी एक समारोह आयोजना गरी सम्मान गरेको हो ।

नेपाली समाजको प्रतिकुल अवस्थालाई चिर्दै अटिजम जस्तो बुझ्न र बुझाउन अत्यन्त जटिल र महत्व पूर्ण समस्या प्रति सबिता उप्रेतीले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र स्थापना गरी नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मुल्यानकन गरी उक्त सम्मान गरिएको अभियानका संयोजक विक्रम सिंह ठकुरिले बताए ।

सबिताले उक्त सम्मान कार्यक्रममा बोल्दै कोरिया बासी नेपालीहरूले गरेको सम्मान र सहयोगको बयान गर्न आफू सँग शब्दै नभएको बताईन । सहयोग रकमलाई सही ठाउमा ईमान्दार पूर्वक स्रोत र साधनले भ्याएसम्म धेरै सङ्ख्यामा अटिजम भएका बालबालिकाहरुलार्ई सेवा प्रदान गर्ने लक्ष्य रहेको सबिताको धारणा थियो ।

संस्थाको नियमित आर्थिक सहयोगी र स्रोत नभएको कारण उल्लेखनीय सेवा पु(याउन नसकिरहेको सबिताको भनाई रहेको थियो । सोही समारोहमा सहयोग रकम सहित नेपाली बिद्याथी समाज दक्षिण कोरियाले पनि सम्मान गरेको थियो ।

यसैगरि कोरिया पुगेकी सबितालाई अक्षयकोषमा आर्थिक सहयोग गर्दै एनआरएन कोरियाका नवनिर्वाचित पदाधिकारिहरले सम्मान तथा सहयोग हस्तान्तरणको छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो ।

सबिता उप्रेतीको सम्मानमा आयोजित उक्त कार्यक्रममा एनआरएन कोरिया ,नेपाली सम्पर्क समिति, वुमन फर वोमन लगायत विभिन्न सङ्घ संस्था र सर्वसाधारण नेपालीहरूले सम्मान व्यक्त गरेका थिए । दुवै सम्मान कार्यक्रममा नेपाली राजदूतावासको श्रम सहचारी अनिल गुरुङ, आइसिसी प्रतिनिधि केपि सिटौला र विनोद कुवर, एनआरएनए कोरिया अध्यक्ष राजु क्षेत्री, सोन्सिकको अध्यक्ष इन्दिरा तिवारी, वुमन फर वुमन को अध्यक्ष मल्लिका थकाली, एनसिसि कि अन्जु केसी, मिडियाकर्मीहरु लगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले सबिता उप्रेतीको सामाजिक जीवनको चर्चा गर्दै सबिता नेपालीहरुकै सिर उठाउने नाम भएको बताएका थिए ।

कार्यक्रममा कोरियाबासी नेपालीहरुबाट संकलित २३ लाख ६२ हजार ९३७ रुपैयाँ विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको अक्षयकोषका लागि संचालिका सबिता उप्रेतीलाई हस्तान्तरण गरिएको थियो । सबिता उप्रेतीले आफ्नो व्यक्तिगत जीवनलाई टाढा राखेर विगत पाँच वर्ष देखी काठमान्डौको पुरानो सिनमंगल पेप्सिकोलास्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रको स्थापना गरी चालिसजना अटिजम भएका बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन् ।

Sabita-upradi (2) Sabita-upradi (3) Sabita-upradi (4)